स्वतन्त्र बनेका प्रभु साहलाई सत्तारुढ दलको साथ

Prabhu shah

काठमाडौं । जनता समाजवादी पार्टीसँगको तालमेललाई लिएर असन्तुष्टि जनाउँदै नेकपा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

बुधबार बिहान बसेको गठबन्धनको बैठकले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उठेका साहलाई समर्थन गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार माओवादी केन्द्रका उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । अब उनलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको छ ।

यसअघि माओवादी केन्द्रले आफ्नो भागमा परेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा पनि एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाललाई समर्थन गरेको थियो ।

स्वतन्त्र रुपमा उम्‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...