प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित, संसद यात्रा तय गर्ने पहिलो उम्मेदवार

Deepak manange

पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन । स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।

अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले अनलाइनखबरलाई जानकारी दिए ।

मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए । अघिल्लो चुनावमा उनी त्यही क्षेत्रबाट १४१० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री बन्न सफल भएका थिए । गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री छन् ।

यो क्षेत्रमा मनाङेलाई चुनौती दिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो मनोनयन फिर्ता लिएपछि मंसिर ४ को निर्वाचनमा संसद यात्रा तय गर्ने मनाङे पहिलो उम्मेदवार भएका छन् ।

मनाङको प्रतिनिधि सभा र ‘क’ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएका थिए । तर प्रदेश सभा ‘ख’ मा कुनै दलले उम्मेदवार अघि सार्न सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...