दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, उम्मेदवारलाई चुनाव चिह्न आजै

Nirwachan aayog

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।

आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् ।

 

प्रतिकृया दिनुहोस