नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको मनोनयन दर्ता खारेज, यस्तो छ कारण

Resham chaudhari

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।

निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा ०७४ को दफा १३ को ख (ङ) र झ बमोजिम खारेज गरीपाउँ भनी माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए ।

मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जनाए । उच्च अदालतबाट जन्मकैदको सजाय पाएर हाल चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।

उनले यही आइतबार वारेसनामामार्फत् प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका थिए । उनको उम्मेदवारी नागरिक उन्मुक्ति पार्टीका जग्गुप्रसाद चौधरीले दर्ता गराएका थिए ।

उनी २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित निर्वाचित भएका थिए । उनले सांसदका रुपमा सपथ लिन पाए पनि संसदमा प्रवेश गर्न पाएनन् ।

उनले आफ्नो पाँच वर्षे सांसदको कार्यकाल जेलमै बसेर बिताएका छन् । टीकापुर काण्डपछि भारतमा लुकेर बसेका उनी सांसद निर्वाचित भएपछि नेपाल आएका थिए ।

२०७२ भदौ ७ गते भएको कैलालीको टीकापुरको हिंसात्मक घटनाका मुख्य योजनाकार रहेको आरोपमा उनलाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या भएको थियो । त्यही मुद्दामा जिल्ला अदालतकै फैसला उच्च अदालतले पनि सदर गरेपछि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।

२०७४ मा विजयी भएपछि उनले वारेसमार्फत प्रमाण पत्र लिन पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले रिट नै खारेज गरेपछि चौधरीले आत्मसमर्पण गरेका थिए ।

२०७५ पुस १९ गते डिल्लीबजार कारागारबाट लगेर उनलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा तत्कालिन सभामुख कृष्णबहादुर महरालेसपथ गराएका थिए । सभामुखले उनलाई माला र सांसदको लोगो समेत लगाइदिएका थिए । सपथ लिइसकेपछि उनलाई पुनः कारागार फर्काइएको थियो । सर्वोच्चमा यो मुद्दा विचाराधीन छ ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...