निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन, ७५ हजार नेपाली सेना परिचालन हुने

Nepal army tudikhel

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ ।

मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सेना परिचालन गर्न स्वीकृती दिइसकेकी छन् ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए । उनले आगामी निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...