बल्ल गठबन्धनमा मिल्यो कुरा : यसरी भयो सीट बाँडफँटमा सहमति

कुन जिल्ला कसको भागमा पुग्यो ? (प्रतिनिधिसभा र प्रदेश सभाको सुचीसहित)

Deuba prachanda madhav

काठमाडौं । लामो समयको रस्साकस्सीपछि सत्ता गठबन्धन दलहरुबीच सीट बाँडफाँटमा कुरा मिलेको छ । जसमा अब चार सिट मिल्न बाँकी छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

शुक्रबार दिनभर बालुवाटारमा बसेको सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादीसमेतको बैठकले संघीय संसदतर्फको सिट भागवण्डा मिलाएको हो । जसअनुसार गठबन्धनको ठूलो दल कांग्रेसले ८४ सिट लिने भएको छ ।

दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ४७ सिट परेको छ । नेकपा (एकीकृत समाजवादी) लाई २० सिट मिलेको छ । राष्ट्रिय जनमोर्चाले २ सिट लिने भएको छ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

गठबन्धन छाडेको जसपाले एमालेसँगको तालमेलबाट २५ सिट लिने भएको छ । लोसपाले एमालेसँग १० सिट मागेको थियो । तर एमाले पाँच सिट मात्रै दिन तयार भएको थियो । यस्तोमा गठबन्धन छाडेका उपेन्द्र यादवले बालकोटको बाटो तताउँदा महन्थ ठाकुरका लागि बालुवाटारको ढोका खुलेको हो ।

हेर्नुहोस सत्तारुढ गठबन्धनबीच भएको सहमति

 

प्रतिकृया दिनुहोस