जसपा बिनै बालुवाटारमा गठबन्धनको बैठक, एमालेसँग फाइनल वार्तामा जसपा

गठबन्धन फुटको संघारमा

5 dal leader

काठमाडौं । नेकपा एमालेसँग दुरी नजिक बनाएको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएको छ । तर, जसपाका नेताहरु अनुपस्थित भए पनि सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अुनसार २० देखि २२ सिटमा सघाउने गरी दुई दलबीच सहमति हुन लागेको छ ।

सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए । यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक टुंगोमा पुग्न नसकेपछि स्थगित गरिएको थियो । जसपा एमालेसँग मिले सत्ता गठबन्धन टुट्ने छ ।

एमालेको इच्छा पाँचदलीय सत्ता गठबन्धन टुटोस् भन्ने छ । जसपा नेताहरु पनि कांग्रेस–माओवादीले अपमान गरेको भन्दै एमालेसँग मिल्न तयार देखिएका छन् ।

पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरियो भने सबैभन्दा बढी खुशी नेकपा एमाले नै हुनेछ । यही कारण एमाले नेताहरु उपेन्द्र यादवका लागि बालकोटमा रातो कार्पेट ओछ्याउन तयार भएका हुन् । त्यसका लागि यादवले विहीबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता अगाडि बढाएका छन् । यादव–ओली वार्ताबाट एमाले नेताहरु उत्साहित देखिएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड उपेन्द्र यादवलाई फकाउन दसैं नभनी खटिरहेकै छन् । टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो । तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि सम्वाद अगाडि बढाइसकेको अवस्था छ ।

०७४ को चुनावपछि मधेस प्रदेशमा मधेस केन्द्रित दलहरुको सहकार्यमा सरकार बनेको थियो । अरु प्रदेशमा जस्तो त्यहाँ मुख्यमन्त्रीको फेरबदल भएन र सरकारले स्थायित्व पायो। तर, अहिले लोसपा र जसपा फुटेको अवस्था छ ।

अहिलेको स्थितिमा मधेस प्रदेशबाट कांग्रेस, एमाले र माओवादीले चुनावी फाइदा लिन खोजेका छन् भने उपेन्द्र यादवचाहिँ मधेसमा आफ्नो पार्टीको बर्चस्व कायमै राख्ने रणनीतिमा छन् । यसका लागि एमालेसँग मिल्दा बढी लाभ हुने विश्लेषण जसपा नेताहरुको छ ।

त्यसो त दसैंको टीकाको दिन नेपाली कांग्रेसका नेताहरुले बालुवाटारमा जसपा र एकीकृत समाजवादीका नेताहरुसँग बेग्लाबेग्लै बसेर सहमति जुटाउने प्रयास गरेका थिए । तर, त्यो प्रयास सफmल नभएपछि उपेन्द्र यादव कार्यदलका सदस्यहरुलाई समेत लिएर बिहीबार साँझ बालकोट पुगेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...