बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

Tika 2

काठमाडौं । आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । टीकाको साइत नभेटे पनि यो क्रम पूर्णिमासम्म रहन्छ । पूर्णिमाको दिनसम्म टीका लगाउन साइत कुर्नु पर्दैन भनिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।

यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् । यसैगरी वर्षाका कारण पनि टीका लगाउन जान समस्या भएको छ । ठाउँठाउँमा पहिरा गएर बाटो अवरुद्ध छ । समयमै मनसुन नबाहिरिँदा यो वर्षको दशैं हिले दशैं बनेको छ ।

प्रतिकृया दिनुहोस