कांग्रेसमा रडाको : बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने, २ बजे संस्थापन इतर समुहको

Nepali congress bilding

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसलाई सकस पर्ने देखिएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ भने आजै २ बजे संस्थापनइतर समुहको पनि बैठक बस्दैछ ।
सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाएको छ ।

कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार नबनाउने भएको छ । असोज २३ गते उम्मेदवारी दर्ताको समय भएकाले आज र भोलि उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी छ । यद्यपि सत्ता गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले कांग्रेस उम्मेदवार छनोटमा अलमलमा देखिन्छ ।

यता, नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने नेता घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...