यस्तो रह्यो प्रचण्ड निवासमा दशैँको टीका, आफ्नो निधार खाली

Prachanda tika

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारका सदस्यलाई दशैँको टीका लगाइदिएका छन् ।

उनले काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैँको टीका लगाइदिएका हुन् ।

प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले प्रचण्डले टीका लगाइदिएको फोटो सार्वजनिक गरेकी छन् । प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाएका थिए ।

उनका बुवाको निधन भइसकेको छ ।प्रचण्डले एकमात्र छोरा र एक छोरी पनि गुमाइसकेका छन् । प्रचण्ड पत्नी सीता दाहाल भने फोटोमा छैनन् । उनी बिरामी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...