यसरी मिल्यो भागबण्डा, कुन दलले कहाँ कहा सिट पाए ?

१६० मध्ये कांग्रेसले ८५, माओवादी ४४, जसपा १५, एकीकृत समाजवादी १७ र जनमोर्चाको भागमा २ सिट पर्ने

5 dal leader

काठमाडौं । लामो समयको रस्साकस्सीपछि गठबन्धन दलहरु सिट बाँडफाँटमा सहमतिमा पुगेका छन् । बुधबार राती अवेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् ।

सहमति अनुसार काङ्ग्रेसले ८५ सिट लिएको छ । माओवादी केन्द्रले ४४ सिट, जसपा १५ सिट, एकीकृत समाजवादी १७ पाउने निश्चिति छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।

डोल्पा र अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ । रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ । खोटाङमा एकीकृत समाजवादीले पनि दाबी गरेको छ । यी बाहेक सबै सिटमा सहमति बनिसकेको छ ।

अब नेपाली कांग्रेसले बढीमा ८६ सिटमा सहमति जनाउने भएको छ । जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा, उदयपुर–१ लिनेगरी सहमति भएको छ। अन्तिम समयमा आएर जसपाले धनकुटा कांग्रेसलाई छोडेको छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ ।

बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ। गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ ।

लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ । कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ भने सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर–२ र ३ लिने भएको छ ।

बुधबार रातीको सहमति अनुसार माओवादी केन्द्रले प्रदेश नं. १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ ।

मधेशप्रदेशमा सिराह–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ । बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ । सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ।

गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ । लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ । जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ भने सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) १७ सिट पाउने भएको छ । जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ ।

जसपाले १६ सिट लिनेगरी सहमति भएको छ । जस अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ ।

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ । बागलुङमा अध्यक्ष चित्रबहादुर केसी र प्यूठानमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहकी पत्नि दुर्गा पौडेललाई उम्मेदवार बनाउने पक्कापक्की भइसकेको छ ।

प्रतिनिधिसभातर्फ सिट बाँडफाँटमा सहमति बनेपछि दलहरु प्रदेशको सिट भागबण्डामा केन्द्रित बनेका छन् । प्रदेशमा पनि प्रतिनिधिसभामा पाएको सिटकै अनुपातमा मिललाइने सहमति भने बनिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...