भोजपुरबाट मुख्यमन्त्री राई पछि हट्दा माओवादीका किँरातीलाई सहज

Rajendra rai mukhyamantri

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयको मिति नजिँकिदै गर्दा सत्ता गठबनधन दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेको छ । कतिपय जिल्लामा भने आफुले टिकट नपाउने भएपछि विद्रोह पनि भइरहेको छ ।

सत्तापक्षीय गठबन्धन एउटा मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बैतडी नेकपा माओवादी केन्द्रलाई दिन सहमति नजिक पुगेपछि नेपाली कांग्रेसका स्थानीय नेता बिरोधमा उत्रिएका छन् ।

त्यस्तै हालत छ धनकुटामा पनि । धनकुटामा नेपाली कांग्रेसले टिकट पाउने भएपछि नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हेमराज भण्डारीसहित सबै नेताहरुले राजीनामा दिइसकेको छन् । यसले धनकुटामा गठबन्धन हुने सम्भावना न्युन बनेको छ ।

भोजपुरमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रतिनिधि सभा ताक्दा गठबनधनमा समस्या आएको थियो । तर, अन्नतः उनी प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् ।

प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । उनी प्रदेशसभामा उम्मेदवार बन्ने भएपछि माओवादी केन्द्रका सुदन किँरातीलाई सहज बनेको छ । यसपटक पनि एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको भोजपुरमा माओवादी केन्द्रकै भागमा पर्ने लगभग पक्का भएको छ ।

उनी निकट स्रोतका अनुसार, भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार बन्ने भएका छन् । २०७४ को चुनावमा पनि राईले यही निर्वाचन क्षेत्रबाट निर्वाििचत बनेका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमका अजम्बर राईलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए । अहिले अजम्बर नेकपा माओवादी केन्द्रमा छन् । त्यसबेला पनि मुख्यमन्त्री राईले प्रतिनिधि सभा सदस्यकै दाबी गरेका थिए ।

तर वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किराती प्रतिनिधिसभाको उम्मेदवार भएपछि मुख्यमन्त्री राई र पूर्वमुख्यमन्त्री शेरधन राई प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए ।

 

प्रतिकृया दिनुहोस