कोइराला समुहले पार्टी कार्यालयमा १२ गते १ बजे १ घण्टा धर्ना दिने

Shekhar koirala meeting

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ । काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरुको नाम समावेशका लागि दबाबद दिन असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको छ । भेलाले असोज १३ गते इतर समूहका पहिलो तहका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा कार्यक्रम गरेर नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका नेताहरुसँग छलफल गरिने बताइएको छ ।

संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुले १४ गतेसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन् । यद्यपि, उक्त कठोर निर्णयबारे केही खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस