संस्थापन पक्षलाई दवावमा पार्दै कोइराला पक्ष, देउवालाई सिट मिलाउनै हम्मे

Shekhar koirala meeting

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहले संस्थापन पक्षमाथि थप दवाव बढाउन थालेको छ । संस्थापन इतर समुहले समानुपातिक सुचीमा आफ्नो समुहबाट कम उम्मेदवार परेको जनाउँदै असन्तुष्टी जनाउँदै आएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभामा ४० प्रतिशत हिस्सा माग गर्दै आएकमो संस्थापनइतर समुहले लगातार रुपमा पार्टी सभापति शेरबहादुर देउवामाथि दवाव बढाइरहेको छ । यसैक्रममा आज ठमेलस्थित होटल यात्रीमा संस्थापन इतर समूहका नेताहरुले दबाब बढाउनका भेला आयोजना गरेका छन् ।

भेलामा संस्थापन इतर समूहबाट जितेका पदाधिकारी र पूर्वपदाधिकारीहरु उपस्थिति छैनन् । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् ।

बैठकमा खबरदारीको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरे, नुवाकोटमा पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसी सहित भुपेन्द्र जंगशाही लगायत सहभागी छन् ।

पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध गत शनिबार खबरदारी गर्न सभा आयोजना गरिएको थियो । खबरदारी सभामा पनि दोस्रो तहका नेताहरु मात्र उपस्थित थिए ।

विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् । उनीहरुले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरुलाई महत्व दिएको आरोप लगाउँदै आएका छन् ।

विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् । उनीहरुले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरुलाई महत्व दिएको आरोप लगाउँदै आएका छन् ।

संस्थापन इतर समुहले निरनतर खवरदारी गर्न थालेपछि संस्थापन पक्ष दवावमा परेको छ । यसले सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँटमै समस्या पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...