प्रेमगीत-३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड

Premgeet 3

काठमाडौं । सीमित शोका बावजुद नेपाली कथानाक चलचित्र प्रेमगीत -३ ले भारतमा राम्रो कमाइ गरेको छ । हलमा लागेको पहिलो दिन शनिबार यो फिल्मले भारतीय ९२ लाख रुपैयाँ जम्मा गर्न सफल भएको हो ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार प्रेमगीत -३ ले भारतका सीमित हलमा अवसर पाएर पनि सरप्राइज कमाई गर्न सफल भएको हो । प्रेमगीत -३ को सस्तो टिकट दरका कारण पनि हिन्दी फिल्मका दर्शकहरु हलसम्म पुग्न सकेको उनको भनाइ छ ।

तरण आदर्शले दोस्रो र तेस्रो दल हलहरुमा अवसर दिइएमा प्रेमगीत -३ ले सन्देश छाड्ने गरी कमाइ गर्न सक्नेछ । बलिउड हंगामाका अनुसार प्रेम गीत -३ ले शनिबार पहिलो दिन विश्वभर करिब साढे ७ करोड ७५ लाख नेपाली रुपैयाँको व्यापार गरेको छ ।

प्रेम गीत -३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाएको हो । यो फिल्म भारतमा ५०० स्क्रिनमा रिलिज गरिएको थियो । भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको हो । यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख भारु कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...