कांग्रेसभित्र आफ्नैलाई मिलाउन गाह्रो : कोइराला समुहले देउवालाई दियो असोज १६ गतेसम्मको अल्टिमेटम

Congress koirala vela

काठमाडौं । आगामी मंशिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने निश्चित भए पनि सत्ता साझेदार मुख्य दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले उग्र रुप लिने अवस्था आएको छ ।

नेपाली कांग्रेसका शेखर कोइराला समूहले पार्टीभित्र ४० प्रतिशत सीट समानुपातिक र प्रत्यक्ष दुबैतिर नपाए चुनाव बहिस्कार गर्ने भएको छ । पहिलो चरणमा विनम्रतापूर्वक आग्रह गरिएको र त्यसले नपुगेर आक्रोशको रूपमा खबरदारी सभा गरेको छ ।

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका हुन् ।

युवा नेता गुरुराज घिमिरेले कांग्रेसको आन्तरिक आयाम नमिलेसम्म गठबन्धनका अरु दलले चुनाव जित्न गाह्रो हुने बताएका छन् । पार्टी संस्थापन इतर पक्षको भेलामा बोल्दै घिमिरेले यस्तो चेतावनी दिएका हुन् ।

‘हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरुलाई पनि भन्न चाहन्छु बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागेजति सिट पनि पाइँदैन र पाएजति सिट जितिँदैन’ उनले भने, ‘कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।’

उनले सिटको समान बाँडफाँड नगर्ने भए आफू पक्षका नेतालाई मात्रै सिट दिन र जितेर देखाउन चुनौति दिए । होइन भने पार्टी भित्र ६०र४० को अंकगणित स्थापित गर्ने प्रणेता, प्रयोगकर्ता तपाइँ हो, तपाइँकै पदचाप पछ्याइरहेका छौं, घिमिरेले थपे, होइन भने टिकट वितरण समान होस् ।

नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरू विदोह गरेर अघि बढ्न बाध्य हुने बताए । सभापति शेरबहादुर देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...