दलित बालिका यातना प्रकरण : अदालतद्धारा पीडकलाई १ वर्ष कैद र ७५ हजार जरिवाना

Ramechap chuwachut

रामेछाप । रामेछाप जिल्ला अदालतले आज ऐतिहासिक फैसला गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरकी १२ वर्षीय बालिकालाई जातीय विभेद गरी २१ घण्टा बन्धक बनाई यातना दिनेविरुद्ध अदालतले पहिलो पटक कैद र जरिवाना तिराएको छ ।

गत फागुन ३० गते मंगलबार भलुवाजोर बस्ने ६३ वर्षीय शेरबहादुर श्रेष्ठले छिमेकी १२ वर्षीय बालिकालाई थाम र दलिनमा १७ घण्टासम्म बाँधेर सिस्नो लगाउँदै कुटपिट गरि यातना दिएका थिए ।

सो घटनाविरुद्ध जिल्ला अदालत रामेछापमा जातीय विभेद र शरीर बन्धक बनाई यातना दिएको विषयमा मुद्धा दर्ता भएको थियो । सो मुद्धाको फैसला गर्दै जिल्ला अदालतले पिडक भनिएका शेरबहादुर नगरकोटीलाई १ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले श्रेष्ठ पत्नी बालकुमारी श्रेष्ठलाई ३ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ । सोही घटनामा संलग्न भनिएका उनका छोरा रोशन श्रेष्ठलाई भने अदालतले सफाई दिएको छ ।

सो इजसालले अर्का प्रतिवादी शेरबहादुर नगरकोटीलाई शरीर बन्धक मुद्दामा ३ वर्ष ६ महिना कैद तोकेको छ भने ३५ हजार जरिवाना तोकेको छ । साथै पीडितलाई ७० हजार क्षतिपूर्ति दिन आदेश दिएको अधिबक्ता यमुना ददेलले बताइन् ।

घरभित्र प्रवेश गरेकै कारण १२ वर्षीय नाबालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाम र दलिनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नाबारे राष्ट्रिय दलित आयोग, नागरिक समाज, मानव अधिकार आयोग लगायतले चासो देखाएका थिए भने पीडकलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका थिए ।

घरभित्र पसेर दुई डाडु दहि चोरेर खाएको निहुँमा पहिलोपटक महिनावारी भई थकित भएकी १२ बर्षिया बालिकालाई जातीय विभेद गरी २१ घण्टा शरीर बन्धक बनाई यातना दिएको घटनामा संलग्नलाई अदालतले कैद सजाय तोकेकोमा दलित अधिकारकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा २४ मा कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ ।

संविधानको धारा २२ मा यातना विरुद्धको हकको व्यवस्था गरिएको छ । जसमा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई समेत शारीरिक वा मानसिक यातना दिन नहुने र निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ ।

तर, विद्यमान व्यवस्थालाई नै चुनौती दिनेगरी छिमेकी १२ वर्षीय बालिकालाई थाम र दलीनमा बाँधेर सिस्नो लगाउँदै कुटपिट गरि यातना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...