एकीकृत समाजवादीले बुझायो बन्दसुची, को को परे ? (सुचीसहित)

Yekikrit samajwadi ofice

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा पठाएको छ । आयोगले दिएको समयावधिभित्र एकीकृत समाजवादीले सोमबार प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूची पठाएको हो ।

एकीकृत समाजवादीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको थियो । जसमा पार्टीको तर्फबाट प्रमुख ९ उम्मेदवार समानुपातिकको सूचीमा परेका छन् ।

समानुपातिकको सूचीमा पर्ने प्रमुख ९ नेतामा उपाध्यक्ष  प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी रहेका छन् । यस्तै स्थायी कमिटी सदस्यहरु सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दीलकुमारी पन्त रहेका छन् ।

प्रतिकृया दिनुहोस