माओवादीले अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने

Mawobadi sthai samiti baith

काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो मंसिर ४ गते हुने आमनिर्वाचनका लागि समानुपातिकमा दोहोर्‍याएर नेता नपठाउने भएको छ । माओवादीले समानुपातिक सूची तयार गर्नुअघि मापदण्ड तय गरी यस्तो प्रावधान बनाएको हो ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले समानुपातिकको उम्मेदवार छान्दा अन्तरिम व्यवस्थापिकाबाहेकको समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने, भर्खरै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेस गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य अनुमोदन गरेको हुनुपर्ने निर्णय गरेको हो ।

‘समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची तयार गर्नका लागी पार्टी प्रदेशहरूले भोलि भाद्र ३० गते भित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्टलिष्ट पेश गर्ने’, अध्यक्ष प्रचण्डको सचिवालयले निर्णय सार्वजनिक गर्दै भनेको छ, ‘समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने, भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनै पर्ने निर्णय गरेको छ ।’

समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले बिहीबार ९भदौ ३० गते०भित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट लिस्ट पेस गर्न पनि बैठकले निर्देशन गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

निर्वाचन क्षेत्र बााडफााटका बारेमा गठबन्धन दलहरूबीच सकारात्मक दिशामा छलफल भइरहेको र अनावश्यकरुपले भ्रमित नहुन पनि माओवादी बैठकले आग्रह गरेको छ । समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धन बैठक बसी क्षेत्र बाँडफाँट टुंगो लगाउने समझदारी बनेको पनि दाहालको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...