कमलरीका दुख, पीडा, किशोरावस्थाका सपना : उपन्यास ‘फरैना’ सार्वजनिक

Faraina sarbajanik

काठमाडौँ । सांगीतिक क्षेत्रमा अब्बल सावित भएका विश्व कीर्तीमानी सङ्गीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ ल्याएका छन् ।

थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु छन् ।

श्रेष्ठको उपन्यास ‘फरैना’ को एक कार्यक्रमका बीच सांसद शान्ता चौधरी, समालोचक डा. कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा. भिमार्जुन आचार्य, नायक राजेश हमाल र उपन्यासकार श्रेष्ठले संयुक्त रुपमा उपन्यासको विमोचन गरे ।

संगीतकार एवम् लेखक श्रेष्ठले लकडाउनका बेला उपन्यास लेख्न शुरु गरेको र अहिले आएर उपन्यासले बल्ल पूर्णता पाएको बताएका छन् । उपन्यासकार श्रेष्ठले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गरे ।

विमोचन कार्यक्रममा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गरिन् ।

सो उपन्यासको विषयमा बोल्दै डा. कृष्णहरि बराल, डा. भिमार्जुन आचार्य, महानायक राजेश हमाल लगायतले उपन्यासले जबर्जस्त प्रस्तुत गरेको बताउँदै बनोट र बुनोटका हिसाबले हेर्दा अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...