धौलागिरी संगीत उत्सव एवं दोस्रो धौलागिरी स्रस्टा सम्मान कार्यक्रम गरिने

Dhaulagiri sangit utsab

काठमाडौं । धौलागिरी साँस्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते काठमाडौंमा धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन् भन्ने मुलनारासहित हुने सो कार्यक्रममा विशिष्ट ब्यक्ति लगायत गीत संगीत र हरेक क्षेत्रमा योगदान पुर्‍याएका धौलागिरीबासीहरुको सहभागिता रहनुका साथै विभिन्न बिधामा योगदान पुर्‍याएका ब्यक्तित्वहरूलाई सम्मान समेत गरिने छ ।

बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको काली नाचसँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण हुन् । कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, बिष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका चर्चित कलाकारहरुको प्रस्तुतीसमेत रहने छ ।

धौलागिरी संगीत उत्सव एवं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रममा धौलागिरी राष्ट्रिय सम्मान, धौलागिरी युवा सम्मान, धौलागिरी साधाना सम्मान, धौलागिरी बिशेष सम्मान, धौलागिरी साहित्य सम्मान, धौलागिरी खेलकुद सम्मान, धौलागिरी पत्रकारिता सम्मान, धौलागिरी सामाजिक सम्मान लगायत अन्य बिधामा नगद राशीसहित सम्मान गरिने अध्यक्ष कृष्ण समिप सुबेदीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...