कांग्रेस धनकुटामा भाँडभैलो, संकटमा सुनीलबहादुर थापा

Sunit thapa 21

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा मनोमानी भएको पाइएको छ ।

उम्मेदवार सिफारिस गर्दा सकेसम्म सहमतिबाटै गर्ने र नसके बहुमतको आधारमा गर्नुपर्ने नीति छ । तर, नेपाली कांग्रेस धनकुटा प्रदेश सभा ख प्रदेश सभापति राज पौडेलले सहमति नजुटाइ मनोमानी ढंगले उम्मेद्धवार सिफारिस गरेको आरोप लागेको छ ।

उम्मेदवार छनौट गर्दा प्रदेश ख का सभापति पौडेलले आकाक्षीहरुसँग सल्लाह नै नगरी शक्तिको दुरुपयोग गर्दै प्रत्यक्षतर्फ आफु र समानुपातिकमा पहिलो नम्बरमा आफ्नो श्रीमतिको नाम राखेको भन्दै नेपाली कांग्रेस धनकुटाका निवर्तमान  सभापति अग्नी पौडेलसहितले सो कार्यको निन्दा गरेका छन् ।

निवतृमान सभापति पौडेलसहित महासमिति सदस्य महेन्द्र निरौला, महाधिवेसन प्रतिनिधि खेमराज पौडेल, कांग्रेस नेता तिलक महत, प्रदेश सभा ख धनकुटाका उपसभापतिद्वय भीमबहादुर खड्का, चन्द्र लिम्बु , प्रदेश सभा ख सहसचिव मणीराज लिम्बु र नेपाल विद्यार्थी संघ धनकुटा सभापति बालानन्द दाहालले विज्ञप्ती जारी गर्दै प्रदेश सभापति पौडेलले गलत चरित्र देखाएको भन्दै नेता कार्यकर्तालाई सजक रहन संयुक्त अपिल गरेका छन् ।

उनीहरुले कांग्रेस पाटीमा योगदान गरेका नेता कार्यकर्ताको मान मर्दन भएको समेत ठहरसमेत गरेका छन् । उनीहरुले आफ्नो अपिलमा माथिल्लो कमिटीले न्याय गर्ने अपेक्षा गरेका छन् ।

थापालाई नैतिक संकट
आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले धनकुटाबाट सुनीलबहादुर थापालाई अघि सारेको छ । तर, उम्मेदवार नाम सिफारिस हुँदा मौन ढंगले संस्थापन पक्षलाई समर्थन गरेपछि उनलाई नैतिक संकट परेको छ । उनको निर्वाचन क्षेत्रमा निवर्तमान पार्टी सभापतिले असन्तुष्टी पोखेपछि गठबन्धनबाट उनलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाए पनि जित हासिल गर्न कठिन देखिने अवस्था आएको छ ।

केन्द्रिय सदस्यसमेत रहेका थापाले यसअघि जिल्ला अधिवेसनमा समेत संस्थापन इतरलाई असहयोग गरेका थिए । त्यति मात्रै होइन, उनीसँगै राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका महेन्द्र निरौला लगायतका नेताहरु पनि थापासँग सन्तुष्ट छैनन् ।

अर्काेतर्फ कांग्रेसको ठूलो खेमा नै उनको विरोधमा छ । केके नै गर्छु भनी राप्रपाबाट कांग्रेस छिरेका थापाले कांग्रेसभित्रका सीमित व्यक्तिलाई रिझाउँदा पार्टीभित्र तीव्र असन्तुष्टी छ । राप्रपाबाट आएका अधिकांस नेताहरु थापको कार्यशैलीले रुष्ट बनेका छन् । यसले गर्दा पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा थापालाई कांग्रेसको ठूलो तप्काले असहयोग गर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस