सिट बाँडफाँटका लागि गठित कार्यदलले आज सिट बाँडफाँट टुंगो लगाउने

Satta gathbandhan seat badfad karyada

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए । सोमबार दिउँसो बसेको कार्यदलको बैठकमा यसअघि दाबी गरेको ९० सिटबाट नेपाली कांग्रेसले घट्न तयार भएपछि मंगलबार बाँडफाँट टुंगिने एक सदस्यले बताए ।

कांग्रेसले सोमबारको बैठकमा आफ्नो दाबीबाट घटन् तयार रहेको बताए पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुसँग बसेर अन्तिम निर्णय गर्ने बताएको थियो। त्यसपछि मात्रै ठोस प्रस्ताव ल्याउने नेताहरुले बताएका छन् ।

मंगलबार साँझ बस्ने कार्यदल बैठकले प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका १ सय ६५ स्थानकै सिट बाँडफाँटबारे निर्णय गर्ने सम्भावना छ । कांग्रेसले ९० बाट ८५ सम्म झर्न तयार छ। तर, चार दलले कांग्रेसलाई ८३ सिटभन्दा बढी दाबी नगर्न सुझाएका छन् ।

सोमबारको कार्यदल बैठकमा प्रतिनिधि सभाका सबै निर्वाचन क्षेत्रको अवस्था विश्लेषण भएको थियो । अघिल्लो (२०७४) को प्रतिनिधि सभालाई आधार मान्ने कि ३० बैशाखको स्थानीय तहको निर्वाचन परिणाम आधार मान्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।  




 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...