नेपालले केन्यालाई ४ विकेटले हरायो, शृंखलामा २-१ को अग्रता

काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ । १५७ रनको लक्ष्य नेपालले अन्तिम ओभरको तेस्रो बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र मोहम्मद आदिल नायक रहे । ओपनिङ ब्याटर पवन सर्राफ आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्रले ४४ रन बनाए । उनी १९औँ ओभरको दोस्रो बलमा ज्ञानेन्द्र ओबुयाको बलमा स्टम्पिङ भए । रोहित आउट भएपछि आएका आदिलले एक छक्का र दुई चौका हान्दै टिमलाई बराबरीको अवस्थामा पुर्याएका थिए । एक समय प्रतिओभर दश रन आवश्यक रहेको अवस्थामा आदिलले तीव्रगतिमा बनाएको रन निकै सहयोगी बन्यो । उनी अन्तिम एक रन आवश्यक परेका वेला ठूलो सट प्रहार गर्न खोज्दा आउट भए । अर्जुनले स्मरणीय डेब्यु खेले । उनले ३ छक्का र दुई चौकाको मद्दतमा ३५ रन बनाए । उपकप्तान रोहित पौडेलले ३०, पवनले २१ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरको खेलमा दुई विकेटको क्षतिमा १५६ रन बनाएको थियो। केन्याका रकिव पटेल र इरफान करिमले अर्धशतक बनाए। पटेल ७३ र करिम ५६ रनमा अविजित रहे । टस जितेर ब्याटिङ गरेको केन्याले २ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकेप पटेलले ७३ रन र इरफान करिमले ५५ बनाएका थिए । उनीहरुले तेस्रो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...