गणेश श्रेष्ठ ‘अपेक्षा’को ‘गीतसँग अपेक्षा’ र ‘रहरका फूलहरू’ विमोचन

Albam bimochan

काठमाडौं । गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो ।

गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा डा. कृष्णहरि बराल, विश्व वल्लभ, दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको विमोचन गरे । गीतिएल्वम ‘रहरका फूलहरू’मा दीपक जङ्गमको एकल सङ्गीत रहेको छ ।

स्रष्टा श्रेष्ठको पहिलो गीतिएल्वम् ‘बाटो हिँड्दा’ र पहिलो गीतसङग्रह ‘मनको आकाश’ सार्वजनिक भएका थिए । गीतसङग्रह ‘मनको आकाश’ गीतकार सङ्घ नेपालको वर्ष गीत पुस्तक पुरस्कार २०७७ बाट समेत पुरस्कृत भएको थियो ।

गीतकार सङ्घका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राखेको सो कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जङ्गम लगायतले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...