‘प्रेम गीत ३’ को टिजर नेपाली र हिन्दीमा सार्वजनिक (भिडियोसहित)

Film prem geet 3

काठमाडौं । नेपाली फिल्म ‘प्रेम गीत ३’को टिजर सार्वजनिक भएको छ। प्रदीप खड्का र कृष्टिना गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मको हिन्दी र नेपाली दुवै भर्सनको टिजर ए साथ रिलिज भएको हो ।

सार्वजनिक टिजरमा माया, प्रेम र एक्सन प्रस्तुत गरिएको छ । टिजरमा फिल्मका शिर्ष कलाकार देखिएका छन् । सन्तोष सेन र छेतेन गुरुङले सयुक्तरुपमा निर्देशन गरेको यो फिल्म असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शन हुँदै छ ।

निर्मातासमेत रहेका सन्तोष सेनले फिल्मको टिजर सार्वजजनिक गर्दै भने, ‘लामो समयको मिहिनेत र प्रतीक्षापछि अन्ततः आज हिन्दी र नेपाली दुवै भाषाको टिजर सार्वजनिक गरेका छौँ । अब हाम्रो मिहिनेतको काम तपाईंहरुसमक्ष आउन थालेको छ । प्रतिक्रिया र साथ तथा सहयोगको एक साथ अपेक्षा गरेका छौं ।’

नेपाली 


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...