एमाले अध्यक्ष ओली भन्छन्, कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लग्यो

Kp sharma oli on sherpa dress

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको बहुमत आउन नदिन सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको पनि बताएका छन् ।

उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् । उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् ।

कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गरे । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उनले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’

उनले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि जनता एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी गरे । एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आमजनता दृढ रहेको अध्यक्ष ओलीको जिकिर थियो ।

‘म जहाँ जान्छु, जहाँ पुग्छु, जुन भेगका जनतासँग भेट्छु, अन्तरक्रिया गर्छु, कुराकानी गर्छु, संवाद गर्छु,’ उनले भने, ‘म त्यहाँ देख्छु–जनता समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन् । जनता दृढ अठोटका साथ अघि बढेका छन् ।’

उनले भने–‘एमालेको अघि सारेको कुरादेखि आत्तिएर ५ दलीय गठबन्धन बनाएका छन् । ५ दलले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिरहेका छन् । कहिले ८ दलीय गठबन्धन बनाउने भनेर कुदेको छ । यो गठबन्धन किन बनाउनुपर्‍यो ? आफू आफू चुनाव लडेर अनि को को मिलेर सरकार बनाउने भने भइहाल्यो नि । तर उहाँहरूलाई को को मिलेर सरकार बनाउने भन्दा पनि एमालेले बहुमत ल्याइहाल्छ अरूले के बनाउने भन्ने भएको छ । त्यस कारण एमालेलाई बहुमतबाट रोक्नका लागि यो गठबन्धन बनेको हो । तर म जहाँ जान्छु त्यहाँका जनता सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि दृढ संकल्पित रहेका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...