ताप्लेजुङमा अनुकुल छैन योगेश भट्टराईका लागि,  चुनावी भीडन्त चाँही रोचक हुने

Taplejung yogesh

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि दलहरुले आन्तरिक तयारी थालिसकेका छन् । देशभरका १६५ संघीय निर्वाचन क्षेत्र मध्ये सुदूर पूर्वको एक मात्र चुनाव क्षेत्र भएको जिल्ला हो ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको चुनाव क्षेत्र रहेको यो जिल्लामा जनमत कस्को पक्षमा कति छ त ?

मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा जुटेका मात्रै छैनन्, जिल्ला जिल्ला पुगेर मतदातासँग छलफल, संवाद र कार्यकर्ता परिचालनमा समेत खटिएका छन् । सुदूरपूर्वको ताप्लेजुङ जिल्लामा पनि विस्तारै चुनावी माहोल तातिन थालेको छ । नेकपा एमालेका सचिव समेत रहेका भट्टराईको चुनाव क्षेत्र रहेकाले पनि ताप्तेजुङ चर्चाको केन्द्रमा छ ।

गत संसदीय निर्वाचनमा भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा जित हासिल गरेका थिए । नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत ल्याउँदा मतान्तर १२ हजार ५ सय ९१ थियो । २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजय भोगेका भट्टराई गत चुनावमा पहिलो पटक गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका थिए । आसन्न निर्वाचन भने भट्टराईका लागि त्यति अनुकुल देखिँदैन ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत हेर्ने हो भने ताप्लेजुङमा सबैभन्दा बढी मत एमालेको देखिन्छ । तर निर्वाचनको परिणाममा भने कांग्रेस पहिलो दल बनेको छ । ९ स्थानीय तह रहेको यस जिल्लामा चार तह जित्दै कांग्रेस पहिलो, तीन तहमा जित्दै एमाले दोस्रो र २ तहमा जित्दै माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

कांग्रेसले फुङलिङ नगरपालिकासहित मिक्चाखोला , मेरिङदेन र सिरिजंगा गाउँपालिकामा जित हात पारेको छ । आठराई त्रिवेणी, पाथीभारा याङवरक र सिदिङवा गाउँपालिकामा एमाले निर्वाचित भएको छ । त्यस्तै, फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादीले जितेको छ । वडा अध्यक्षले पाएको मतका आधारमा एमाले कांग्रेस भन्दा ६ हजार ११ मतले अगाडि छ । तर सत्ता गठबन्धनका दलबीच गठबन्धन भए स्थानीय तहको मतका आधारमा एमाले ७१७ मतले पछाडि देखिन्छ ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीबीच वाम गठबन्धन भएका कारण पनि एमालेलाई फराकिलो मतान्तरसहित चुनाव जित्न सहज भएको थियो । गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको मत बलियो देखिन्छ । यद्यपि सत्ता गठबन्धनले एमालेमाथि दबाब बढ्ने देखिन्छ । एमालेले टिकट दिएमा राष्ट्रिय नेताको छवि बनाएका भट्टराई र गठबन्धनका उम्मेदवार बीचको भिडन्त रोचक हुने चाहीँ निश्चित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...