एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो ।

उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहनेछ ।

गुरुङका अनुसार ओलीको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारीलाई पनि राखिएको छ ।

गुरुङका अनुसार निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्का सदस्यहरुलाई पनि ओली नेतृत्वको कमिटीमा राखिएको छ । त्यसैगरी केन्द्रीय विभागका सचिवहरुलाई पनि परिचालन कमिटीमा राखिएको छ । त्यसैगरी यो कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरु र जनसंगठनका अध्यक्षहरुलाई पनि राखिएको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ । गुरुङका अनुसार स्थायी कमिटी बैठक भदौ सात गतेका लागि बोलाउने निर्णय गरेको छ भने ९ गते पार्टीको पोलिटब्युरो बैठक बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...