विश्व कीर्तिमानी डा.डीआर उपाध्यायको उपन्यास ‘कसुर’ विमोचन

Dr upadhaya book kasur

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा।उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो ।

कार्यक्रमका निर्देशकरलेखक तथा वशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा.उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रूपमा कृतिको विमोचन गरे ।

नारायणप्रसाद भण्डारीको भाषाविन्यास रहेको यो कृतिलाई शिखा बुक्स बागबजारले प्रकाशन गरेको हो । ज्ञानज्योति बुक्स पब्लिकेशन प्रा।लि।वितरक रहेको १७२ पृष्ठको उपन्यास कसुरलाई पैँतीस खण्डमा विभाजन गरिएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा गीतसंगीत, चलचित्र, सहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । गीतसंगीत तथा विविधबाट डा. उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गरेका छन् । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा.उपाध्याय पहिलो नेपाली सर्जक हुन् ।

कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत श्रोता÷दर्शकमाझ छन् । यस्तै, उनका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

सो कार्यक्रममा स्रष्टा लेकाली, गीतकार देवकोटा, कलाकार निरौला लगायतले डा.उपाध्यायलाई १४औं उपन्यास कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यासमा हाम्रो सामाजिक परिवेश, समाजमा घटने घटनाक्रम, माया प्रेम, दाजुभाइको ममता, घात अन्तरघातका साथै सामाजिक सन्देश प्रस्तुत गरिएको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...