काठमाडौं १ मा चर्चित यी ४ उम्मेदवार, कसको पल्ला भारी ?

Ktm 4 leader

काठमाडौं । प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

मुलुककै राजधानी काठमाडौंमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । सबैजसो निर्वाचन क्षेत्रमा राजनीतिद दल, नेताहरु र उम्मेदवारका दावेदारहरुले आन्तरिक छलफल र लबिङ तीव्र पारेका छन् ।

सर्वाधिक चासो रहेको काठमाडौं क्षेत्र नम्बर १ मा चारपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ नेपाली कांग्रेससहित राप्रपा, स्वतन्त्र उम्मेदवार र सुशासन पार्टीबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका शोभित उप्रेती, स्वतन्त्र उम्मेदवार पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल सम्भावित उम्मेदवारका रुपमा देखिएका छन । चुनावमा यी चार जनाकै बीचमा प्रतिष्पर्धा हुने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कमजोर देखिन्छ । एमाले र माओवादी केन्द्रले अन्य दलसँग गठवन्धन गरेर जाने मनस्थिति बनाएका छन् । एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने बुझिएको छ । गठवन्धनको निर्णय अनुसार माओवादी केन्द्रले कांग्रेसलाई सघाउने देखिए पनि कांग्रेस भित्रको अन्तरकलहका कारण सिंहलाई घात हुने देखिन्छ ।

नेकपा एमालेले राप्रपालाई सघाउने स्थितिमा शोभित उप्रेती निर्वाचित हुने देखिन्छ । उप्रेतीलाई टिकट दिन अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा सकारात्मक छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट यसअघिका उम्मेदवार अनिल शर्मा पनि उप्रेतीप्रति सकारात्मक देखिन्छन् ।

स्वतन्त्र उम्मेदवार पुकार बमको चर्चा भइरहेको भए पनि चुनावै जिति हाल्ने स्थिति देखिँदैन । दलिय सिण्डिकेट तोडन उनलाई समस्या छ । प्रहरी सेवाबाट आएका रमेश खरेलको व्यक्तिगत चर्चा र लोकप्रियता भए पनि संगठन बलियो नहुँदा खासै प्रभाव देखिँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...