काठमाडौंमा ‘हिउँको पृथ्वी यात्रा’ को अन्तिम मञ्चन, अब पश्चिम नेपालको पालो

Hiu prithiviyatra

काठमाडौं । प्रकृतिको संरक्षण गरेर मानव र जीवजन्तुको अस्तित्व जोगाउनुपर्ने सन्देशहितको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को काठमाडौंमा शनिबार अन्तिम शो प्रदर्शन गरिएको छ ।

शिल्पी कला समूहले साउन १ गतेदेखि मञ्चन गरेको नाटकको काठमाडौंमा मैझारो गरिए पनि पश्चिम नेपालका विभिन्न स्थानमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

मानवदोहनबाट प्रकृतिमा पर्ने असर र यसले मानव जीवनमा ल्याउने कठिनाइ नाटकमा देखाइएको छ । जलवायु परिर्वतनका कारण भइरहेको अतिवृष्टि, खण्डवृष्टि र खडेरीले पारेको प्रभाव नाटकले चित्रण गर्न खोजेको छ ।

हिउँ पग्लेर नदी बन्ने र नदीको जीवनचक्र सकिँदासम्म अनेक दृश्यहरु देखिन्छन् । यो बीचमा मानवले नदीविरुद्ध गरिरहेका अनेकौं क्रियाकलापले सिंगो मानवजीवनलाई तहसनहस गरिरहेको छ ।

सवा घण्टा लामो नाटकमा तराईको जीवनशैली र प्रकृतिसँग त्यहाँको समुदायको निर्भरतालाई देखाइएको छ । नाटकमा मानव र जनावरबीचको द्वन्द्व, मानवमा पनि उपल्लो वर्ग र सीमान्तकृतबीचको द्वन्द्व जीवन्त ढंगले देखाइएको छ । नाटकले उपल्लो वर्गको मानवीय आवश्यकता परिपूर्तिका लागि प्राकृतिक दोहनबाट सिर्जित समस्याले मानवेत्तर जीव र सीमान्तकृत मानवको जीवनका खुसीका रङ्गहरू मेटिएको कथा भनेको छ ।

घिमिरे युवराज र अमजद प्रवेजको लेखन निर्देशन् रहेको नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र वि.सी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लुहार, ज्याक बरालको अभियन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...