मोदिकाको स्वरमा ‘तीज आयो घुमेर’सार्वजनिक (भिडियोसहित)

Gita dhungana

काठमाडौ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द रहेको छ भने कुशल गीतार बादक, गायक तथा संगीतकार अनिल शाहीको संगीतसँगै एरेञ्ज पनि रहेको छ । यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडियोले गरेको हो ।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् । भिडियोमा गीताको साथमा गायीका मोदिकाको नृत्य देख्न सकिन्छ । भिडियोमागीता र मोदिका धपक्कै बलेका छन् । सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको सो गीतमा रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ ।

यस भन्दा अगाडी मौसाबी क्रियशनमा गीतकार भुवनको ‘हाम्रो माया संसारमै नभाको’, तिम्रो हात समाएर’ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । गीत संगीत क्षेत्रमै विगत १५ वर्षदेखि लागिरहेका भुवनले गीति एल्बम ‘शित’ १३ वर्ष अगाडी निकालेका थिए । उनको शब्दमा करिव ३० वटा गीतहरु रेकर्ड गराइसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...