सिता घिमिरेको कविता : ‘मनको बह मनभित्रै’

Sita ghimire

जहिले पनि जलेकै छु
जता पनि ढलेकै छु
कसले बुझ्छ
कसले सुन्छ
मनको बह मनभित्रै छ ।

घाउ बल्झेकै छ
जीवन अल्झेकै छ
हो जो सडकमा
लम्पसार परेर सुतिरहेका हुन्छन्
अपांग भइ रुदै कराइरहेका हुन्छन्
गरिब दुखी भै सडकमा हराइरहेका हुन्छन्
यस्तै चपेटामा छ जीवन ।

यो मन सधैँ
बगैंचामा भुनभुन
गरी डुलिरहेका भमरा झैँ
उतै भुल्यो शान्तिको आशामा
सायद त्यही भएर होला
म जहिले मैनबत्ती जस्तै
माया पगाल्छु
यो मुस्कान छर्दै
मीठो गीत बनाइ
संगाल्छु
प्रित रोपेर अङ्गाल्छु
मन भित्रको पीडाको आगो
झ्वाप्प निभाएर
अँध्यारोको लागि होइन
तिम्रो स्नेहको उज्यालो पाउन
तर तिमी स्वार्थी भएर उभियौँ
जसमा माया र दया किन्नु पर्छ ।

तिमीमा
त्यसमा म के भन्न सक्छु र
भन त अब पनि मेरो मन नजलोस१
म रंगिन हु
जहिले रङ्गाइ रहन्छु सबैतिर
बिस्तारामा छट्पटिदै
मायाको सगुन छर्दै
कमलो मेरो मन पगालिन्छ
मायाकै लागि
दिन र रातमा पनि
आज र भोलि भनी
यो मनको बह मनभित्रै छ ।

कस्ले बुझ्छ
कसले सुन्छ
आखिर मै त रहेछु
नदी जस्तै
सलसलि बगिरहने
केबल तिम्रो मायामा
सुनसान बस्तिमा
मनमनै पिर ब्यथा कहदै
फेरि त्यही जन्जालमा
मन भुलाउदै
आखिर जे भए नि
जे गरे नि
मनको बह मनभित्रै हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...