संसदको आयु मंसिर २१ गतेसम्म मात्रै रहने

Election commission commissioner press meet

काठमाडौं । संसदको कार्यकाल चार महिना बाँकी राखेर सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गरेको छ । चुनावी मिति घोषणा भएसँगै सरकार कामचलाउ पनि भएको छ ।

०७४ को मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो । दुईचोटि विघटन भएर अदालतको घोषणाबाट ब्यूँतिएको संसदको आयु मंसिर २१ गतेसम्म मात्रै रहने भएको छ ।

प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर र समान खेलमैदान हुनुपर्ने आफूहरुको मान्यता रहेको बताए । त्यस अनुसार ४ मंसिरको चुनावमा उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि स्वतः समाप्त हुने व्यवस्था गर्ने पनि बताए ।

‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं’ उनले भने, ‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’

उनले दशैंको लगत्तै उम्मेदवारी दर्ताको कार्यतालिका बनाउने र उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि त्यतिबेलै सकिने व्यवस्था गर्ने पनि बताए ।

‘अनुमान गर्दा दशैंको लगत्तै पछि उम्मेदवारी दिने कार्यतालिका बनाउनुपर्ने जस्तो देखिछ । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुर्छ भन्ने आयोगको धारणा छ’ उनले भने ।

०७४ को नजिर के छ ?
अघिल्लो पटक २०७४ मा पनि प्रतिनिधि सभा चुनावसम्म कायम थियो । त्यसबेला मंसिर १४ र २१ गरी २ चरणमा चुनाव भएको थियो । त्यसबेला पनि संसदको अन्तिम कार्यकाल चुनावको मनोनयन दर्ता दिनसम्म थियो।

२०७४ सालमा सभामुख रहेकी ओनसरी घर्तीले मनोनयनको अघिल्लो दिन मात्र संसदबाट राजीनामा दिएकी थिइन् । उनले चुनावमा उठ्नकै लागि राजीनामा दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...