मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने, मतदाता नामावली सकंलन रोकियो

Sher bdr deuwa

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । योसँगै मतदाता नामावली संकलन पनि स्थगित भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

यता, प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरे लगतै पत्रकार सम्मेलन गरेको निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ ।

अनलाइन फारम गरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने साउन २१ गतेसम्म समय दिइनेछ । ३० वैशाखमा भएको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...