'जीवन काँडा कि फूल' भारतमा पनि प्रदर्शन हुँदै

Jeevan kada ki ful

काठमाडौं । नेपाली चलचित्र ‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन भएको दुई वर्षपछि यो चलचित्र भारतमा प्रदर्शन हुन लागेकाे हाे ।

आगामी भदौ १२ गतेबाट भारतका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी रहेको कार्यकारी निर्माता जुनु गौतम बताइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुने तयारी भइरहेको उनकाे भनाई छ ।

फिल्मको ट्रेलर हेरेर भारतमा रहेका नेपालीले प्रदर्शनको माग गरेपछि प्रदर्शन गर्ने मिति तय गरेको गौतम बताउँछिन् । भारतमा रहेका नेपालीले आफ्नो भाषाकाे चलिचत्र मन पराउनेमा​ निर्देशक विनोद विष्ट आशावादी देखिन्छन् ।

चलचित्र​मा झमकको सानो छँदाको भूमिका सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । फिल्ममा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...