साफ यू–२० च्याम्पियनसिप : आज नेपालले बंगलादेशको सामना गर्ने, फाइनल पुग्न चुनौती

Nepal u 20 team

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ ।

भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने समीकरण कठिन बनेको हो ।

पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् । पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिएका छन् । बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ । तर नेपाललाई फाइनल पुग्न धेरै चुनौती छ ।

प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । जारी प्रतियोगितामा बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल र भारतको समान ६–६ अंक भएपनि हेड टु हेडमा भारत दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।

मंगलबार बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत र माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।

यस्तै, माल्दिभ्स र भारतबीच बराबरी भए नेपालले बंगलादेशलाई जुनसुकै गोलअन्तरमा हराएपनि फाइनलमा पुग्नेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अब बंगलादेशविरुद्ध खेल्दा नेपालले भारतसँगको हारलाई बिर्सेर खेल्नुपर्नेछ । यसअघि साफ यू–१९ र यू–१८ को नामबाट हुँदा नेपाल बंगलादेशसँग अपराजित छ । सन् २०१५ मा नेपालमै भएको पहिलो संस्करणको साफ यू–१९ र २०१७ मा भुटानमा भएको साफ यू–१८ मा नेपालले बंगलादेशलाई २–१ को नतिजामा पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...