सञ्चारकर्मी गीता अधिकारीले ल्याइन् तीज गीत ‘छम्म छम्म नाचौँ न’

Tij song gita

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ ।

सञ्चारकर्मी अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन् । उनका अन्य गीत पनि श्रोतारदर्शकमाझ लोकप्रिय रहेका छन् ।

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको हो ।

सञ्चारकर्मी अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीतरएरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफ रहेको छ । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा लगायतका कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।

नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...