प्रचण्डको उद्घोष : एमालेसँग तालमेलको च्याप्टर क्लोज भयो, कांग्रेसबाहेक अरुसँग दायाँबाया हुन्न

Prachanda 6

काठमाडौं । आगामी संसदीय निर्वाचनमा बाम एकता वा तालमेलको कुरा चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको बताएका छन् ।

‘गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए । २०७४ को निर्वाचनमा गठबन्धन गरेका माओवादी केन्द्र र एमालेबीच मिल्ने सम्भावनाको खोजी भइरहेका बेला प्रचण्डले एमालेसँगको तामेल क्लोज भएको बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा प्रचण्डले एमालेको प्रशंगमा अडान प्रष्ट्याएका हुन् ।

‘अब एमालेसँग गठबन्धन वा तालमेलको च्याप्टर क्लोज भएको छ’ उनले भने, त्यो सम्भावना तत्कालका लागि अन्त्य भएको छ । हामी कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ ।’

अहिले एमाले र माओवादीका केही नेताहरुबीच दुई दलबीच गठबन्धन गर्नुपर्ने विषयलाई लिएर छलफल भइरहेको छ । उनले अब वाम दलहरुबीच समाजवादी केन्द्र बनाए पनि आगामी चुनावसम्म कांग्रेससँगकै गठबन्धन कायम गरेर जाने बताए ।

 

प्रतिकृया दिनुहोस