एकपछि अर्काे विश्व कीर्तिमानी कायम गर्दै गीतकार डीआर उपाध्याय

Dr upadhyaya

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायरखनालले अन्तर्राष्ट्रिय ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका छन् । यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको विश्व कीर्तिमानको संख्या ११० पुगेको छ ।

सो अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई हस्तान्तरण गरिएको थियो ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोतारदर्शकमाझ छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास आएका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उनलाई बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनागरी हस्तान्तरण गरियो । शहरी विकास मन्त्री मेटमणी चौधरीले उनलाई उक्त प्रमाण पत्र हस्तान्तरण गरे । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष श्रेष्ठको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनाकोे स्वर रहेको छ ।

गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...