साफ यु-२० च्याम्पियनसिपमा नेपालको सानदार सुरुवात, पहिलो खेलमा नेपालले जोड्यो ३ अंक

U 20 saff nepali football vs maldives

काठमाडौं । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरी नेपालले साफ यु-२० च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।

यस अघि यु १८ र यु १९ समूहमा भएको प्रतियोगितामा नेपाल दुई पटक च्याम्पियन भएको छ । यस्तै, भारतले एक पटक जितेको छ । प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग बुधबार खेल्नेछ । यस्तै, भारत र बंगलादेशसँग क्रमशः खेल्ने कार्यक्रम रहेको छ । लिग तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।

त्यसअघि १० औं मिनेटमा सुमित श्रेष्ठ र १६ औं मिनेटमा कृतिशले गोलको राम्रो अवसर खेर फालेका थिए । कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे ।

दोस्रो हाफमा नेपालले ३ गोल थप्यो । दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ४२औं मिनेटमा दीपेश गुरुङको गोलबाट नेपालले अग्रता लियो । आयुष घलानले हानेको डाइरेक्ट फ्रीकिकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरे ।

सोहि रिबाउन्ड बललाई दीपेशले करिब २५ यार्डबाट गोलमा परिणत गरे । दोस्रो हाफमा मेघराज केसीको नेपाल थप माल्दिभ्सविरुद्ध हावी भयो । ५८औं मिनेटमा सुगम सुवालले काउन्टर अट्याकमा गोल गरे । डेनमार्कबाट टिममा स्थान बनाउन नेपाल आएका सुगमले वान भर्सेस वानमा दोस्रो बार च्यापेर गोल गरे । जुन बललाई माल्दिभ्सका गोलरक्षकले ढम्याउन सकेनन् ।

६१औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो । कप्तान आयुष घलानलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पायो । कृतिशरत्न छुन्जुले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता बनायो । खेलको इन्जुरी समय वैकल्पिक खेलाडी मनग्यले गोल गर्दै नेपाललाई सहज ४–० को जित दिलाए । अधिकांश समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केहि राम्रा अवसर गुमाएको थियो ।

आयुष, सुगम र दिपेशले पाएका केहि अवसर सदुपयोग गर्न सकेनन् । यस्तै, माल्दिभ्सका केहि राम्रो प्रहार गोलरक्षक इश्वर गुरुङले विफल पारेका थिए ।

प्रतिकृया दिनुहोस