प्रचण्ड भन्छन्, यो निर्वाचन प्रणालीले गणतन्त्र समाप्त पारेर भड्खालोमै लान्छ

Prachanda nar 9

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् ।

स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो’ उनले अघि भने, ‘गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए । ’उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए ।

प्रचण्डले विद्यमान शासन प्रणाली पनि देश र जनताको अनुकूल नरहेको बताए । उनले भने, ‘अहिलेको शासन प्रणालीमा सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन, त्यसैले करोडौँ खर्च गरेर सांसद हुन खोज्छन् । पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री भएपछि आफूले गरेको लगानी असुल्न खोज्छन् । अनि भ्रष्टाचार हुन्छ ।’

यी विषयमा आफूहरूले संविधानमै ‘नोट अफ डिसेन्ट’ लेखेको जिकिर गर्दै उनले यही व्यवस्थामा रहेर यिनलाई सुधारका लागि आफूहरूले भूमिका निर्वाह गर्नुपर्ने प्रस्ट पारे । यसका लागि विचार र मुद्दा मिल्नेहरूको बीचमा सहकार्य होस्, सबैलाई न्याय हुने किसिमले गठबन्धन होस् भनेर पहल गरेको उनले बताए ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको बताए । गणतन्त्र पनि जनताको नभई बुज्रुवाको हुने हो कि भन्नेमा शंका रहेको उनको भनाइ छ ।

माओवादीले परिवर्तन गरेको बताउँदै प्रचण्डले परिवर्तन गर्ने शक्ति बलियो नहुँदा उत्पीडित वर्गले न्याय पाउन मुस्किल भएको र देशमा समस्या सिर्जना भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...