प्रदेशको नाम राख्नै सकस : प्रदेश १ को सर्वदलीय छलफलले टुंग्याउन सकेन नाम

Pradesh baithak

विराटनगर । पहिलोपटक बनेको प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा पनि प्रदेश सरकारले आफ्नो प्रदेशको नाम अझैं जुराउन सकेको छेन । जसका कारण सरकार र प्रदेश सभा सदस्यहरुको तीव्र आलोचना हुँदै आएको छ ।

प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए ।

तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदेश सभा सचिवालयमा ३ घण्टा चलेको बैठकमा दलका नेताहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि नाम बारे कुनै सहमित हुन सकेन । बैठक पुनः बस्नेगरी टुंगिएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।

उनले भने, ‘छलफल सकारात्मक भएको र नामका विषयमा पुनः बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सर्वदलिय बैठकले नामका विषयमा ठोस निर्णय नगरेपनि बैठक सकारात्मक भएको बताएका छन् ।

उनले सबै दलका नेताहरू लचकताकासाथ बैठकमा प्रस्तुत भएको र सबैले आफ्नाृ दलभित्र छलफल गरेर पुःन बैठक बस्ने सहमति भएको जानकारी दिए । जातीय पहिचानका आधारमा नामाकरण गर्नुपर्ने अडान राख्दै आएका मुख्यमन्त्री राई पनि बैठकपछि बहुपहिचानका आधारमा नामाकरण गर्ने पक्षमा देखिएका छन् ।

उनले साह्रै नराम्रो नाम बाहेक अन्य बहुपहिचानका नाममा आफ्नो सहमति हुने बताए । ‘साह्रै नराम्रो नाममा सहमति हुन सकिंदैन’ उनले भने‘ बहुपहिचानको नाममा हाम्रो समर्थन हुनेछ ।’ राईले अहिले चर्चामा रहेका र साझा पहिचानका नामका विषयमा आगामी बैठकमा सलफल गरिने र छलफललाई परिणाममुखि बनाउँदै लैजाने तयारीमा सबै दलहरू जुट्ने बताए । प्रदेशको नामाकरण सबै दलको सहमतिकै आधारमा गर्ने पनि मुख्यमन्त्री राईले स्पष्ट पारे ।

यता नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नामाकरणको विषयमा भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनले आगामि बैठक १/२ दिन भित्रै राखिने र त्यो बैठक नेपाली कांग्रेसले आह्वान गर्ने जानकारी दिए । प्रति पक्ष दल नेकपा एमालेका प्रदेशको नामांकन समितिका संयोजक हिक्मतकुमार कार्कीले नामाकरणको विषयमा कसरी प्रवेश गर्ने र के नाम राख्ने भन्ने विषयमा छलफल भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...