सीसीटीभी फुटेज पुनः प्राप्ती बारे छानविन समितिले विज्ञसँग छलफल गर्ने

Finance ministry wxlbg1jwsq

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हो । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो ।

चालू आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा सोमबारको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो । समितिले सीसीटीभी फुटेज मगाएपनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो ।

डिलिट भएको सीसीटीभी फुटेज पुनः प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुको सहयोग लिन लागिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ, सधैं ब्याज खाने छोरो !

Sunil thapa

धनकुटा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी जोड घटाउको रा...