गठबन्धनलाई निरन्तरता दिने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय

Nepali congress cc meeting

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टी निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको बताएका हुन् । यस्तै आगामी साउन मसान्तभित्र भ्रातृ संस्थाको पूर्णता दिने पनि बैठकले निर्णय गरेको छ ।

पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिको प्रतिवेदन लाई अनुमोदन गरेको छ ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (९) (क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा तोकिएका महामन्त्री गगनकुमार थापा संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै पार्टी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजकत्वमा केन्द्रीय लेखा समितिु गठन गर्ने निर्णय गरेको छ ।

जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...