गायन प्रतियोगिता सम्पन्न, पत्रकार बराइली सम्मानित

Prakash baraili

काठमाडौं । ‘हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ संस्थागत एकल लोक गायन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा बहुचर्चित कलाकारहरु पशुपति शर्मा, शंकर बिसि, राधिका हमाल, रमेशराज भट्टराई, श्रीकृष्ण बम मल्ल, पुर्णकला बिसि, शान्ती श्री परियार, मञ्जिता केसि लगायत थुप्रै चर्चित कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सो प्रतियोगिताको निर्णायक संयोजक रामजी खाण थिए भने निर्णायक मण्डलका सदस्यहरुमा बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, राजु ढकाल, शिव हमाल, पिएन सापकोटा आदी थिए ।

सो अवसरमा लोक गीत संगीतमा लामो समय देखि योग्दान पुर्‍याउने लोक गायक र सर्जक कृष्ण सुधा ढुंगानालाई सम्मान गरिएको थियो । सो प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ लाई दोसल्ला ओढाई सम्मान पत्रसहित विशेष सम्मान गरिएको थियो ।

सो सोवसरमा संगीतकार र गायक श्रीकृष्ण बम मल्ल, चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, निर्देशक शिवन पोखरेल, मोडल मञ्जीता केसी, मनास्लु पोस्टका मनबहादुर पुन, भिडियो सम्पादक बिरेन्द्र भाट “बिपिन”, क्रीयटिभ आई टुर एण्ड ट्राभल्सका दिपेन्द्र प्रकाश केसी, एरेन्जर रमेश सेञ्चुरीलाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामाभएको सो प्रतियोगिता समितिका अध्यक्ष सुजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको हो भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको औपचारिक कार्यक्रम सञ्चालन सचिब रोशन गैरेले गरेका थिए भने सो प्रतियोगिताको कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीले गरेका थिए ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा कमलादी समितिकी पबित्रा सतुङ्गी मगर प्रथम, नयाँ बसपार्क समितिका किरण बिसि द्वितीय, नयाँ बसपार्क समिती कै प्रकाश रसाईली तृतीय, लाजिम्पाट समितिका निश्चल गुरुङ्ग सान्त्वना हुन सफल भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...