चिनियाँ नेता लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Liu oli

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका प्रमुख लिउले आज बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । सोही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत समेत सहभागी भएका थिए ।

आइतबार काठमाडौं आएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । सोमबार उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । प्रमुख लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी नेपाल भ्रमण टुंग्याउने छन् ।

प्रतिकृया दिनुहोस