साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ : गगन थापा

Gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । संघ र प्रदेशको निर्वाचनको मिति साउन ४ र ५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए ।  ‘अब इलेक्सनको मोडमा जाने बेला भएको छ’ थापाले भने,’ मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस् ।’

पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए । विगतको परम्परालाई हटाउने कार्यमा सुधारका कार्य सुरु गरेको थापाले बताए । ‘महाधिवेशन आउने बेलामा मात्रै क्रियाशील सदस्यता बाँड्ने कार्य अब हुँदैन । क्रियाशील सदस्यता वितरण अबदेखि नै सुरु हुन्छ’ थापाले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...