युवक हत्या प्रकरण : मेयर अम्बिका चलाउनेसहितका ३ जना आरोपित विरुद्ध मुद्दा नचलाउने

Binod shahi achham

अछाम । १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय अछामले पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

शाहीको हत्या गरिएको भन्दै पीडित पक्षले मेयर चलाउनेसहितका १३ जनाव्रिद्ध कर्तव्य ज्यान मुद्दा दिएको थियो । शाही मृत भेटिएको दिनदेखि फरार चलाउनेलाई प्रहरीले शनिबार सरकारी वकिल कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको थियो ।

पीडितका परिवारले किटानी जाहेरी दिएका मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

मुद्दा दायर गरिएकामध्ये पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई मंगलबार नै अदालत पेश गरेको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...